नेपाल–चीन सम्बन्धको त्यो पहिलो सम्मानित ईतिहास पलाञ्चोकका राजा शक्तिसिंहरामसँग सम्बन्धित



२५, असोज, काठमाडौं– नेपाल र चीनबीचको सम्बन्धबारे अनेक इतिहास छन् । इतिहासकारहरू यी दुई देशबीचको इतिहास चिनियाँ र तिब्बती वृतान्तमा मात्र आधारित रहने गरेको बताँउछन् । इतिहासकार दिनेशराज पन्त नेपालका प्रमाणिक दस्तावेजको अभावमा दुई देशबीचको सम्बन्धलाई भृकुटी र अरनिकोसँग मात्र जोडेर हेर्ने गरेको बताँउछन् । नेपाल र चीनबीचको सम्बन्ध यतिमै मात्र सीमित नरहेको इतिहासकारहरू बताँउछन् ।

नेपालमा पाइएको एउटा दस्तावेजले मात्र यसलाई प्रमाणित गर्दछ । विक्रम संवत् १४७२ मा चीनका बादशाह तायिमिङले कालको काभ्रेपलाञ्चोक जिल्लाअन्र्तगत पर्ने पलाञ्चोक उपत्यकामा राजधानी बनाई बसेका नेपालका राजा शक्तिसिंहरामलाई रञ्जना लिपि र संस्कृत भाषाको प्रयोग गरी पठाएको पर्वाना (पत्र) परराष्ट्र मन्त्रालयमा रहेको छ । जसलाई इतिहासकारहरू नेपालमै प्राप्त नेपाल–चीन सम्बन्धको पहिलो प्रमाणित दस्तावेजको रूपमा लिन्छन् । यो नै हालसम्म नेपालमै पाइएको एक मात्र प्रमाणित र सम्मानित दस्तावेज रहेको इतिहासकार पन्त बताउँछन् ।

‘त्यो समयमा नेपालकै रञ्जना लिपि र संस्कृत भाषा प्रयोग गरेर पठाएको पत्र नेपाल चीन सम्बन्धको महत्ववपूर्ण दस्तावेज हो । चीन आफूलाई संसारकै शक्तिशाली मान्ने गथ्र्यो र महाचीनको रूपमा आफूलाई प्रस्तुत गर्ने गरेको समय थियो,’ पन्तले भने । यस क्रममा चीनले नेपालका राजालाई असर्फी पठाई वाङ९राजा०को उपाधि दिइएको देखिन्छ । चीन शक्तिशाली रहेको समयमा नेपालको भाषा र नेपाल संवत्को प्रयोग गरी नेपालको सम्मान गर्नुलाई दुर्लभ इतिहास रहेको इतिहासकारहरू बताउँछन् । यसैको आधारका चीनसँगको सम्बन्धको अन्य आधार खोजिनुपर्ने इतिहासकार पन्त बताउँछन् । जुन पर्वाना हाल परराष्ट्र मन्त्रालयमा सुरक्षित रहेको छ । पत्रमा रञ्जना लिपिमा संस्कृत भाषाको प्रयोग गरी लेखिएको छ । त्यस्तै, पत्रमा नेपाल संवत्लाई महाचीन संवत् भनेर उल्लेख गरिएको छ ।

–चीनका बादशाहले नेपालकै रञ्जना लिपि, संस्कृत भाषा र नेपाल संवत्को प्रयोग गरी पठाइएको पर्वाना नेपालमै भेटिएको नेपाल चीन सम्बन्धको पहिलो प्रमाणिक दस्तावेज
– नेपालमै पाइएको एक मात्र प्रमाणित र सम्मानित इतिहासकोे दस्तावेज

‘आकाशसम्म पुगेको र सुमेरु पहाडदेखि दक्षिण समुद्रसम्म मेरो प्रभाव फैलिएको छ, पश्चिम दिशामा रहेको आर्यावर्त नेपालको पलाञ्चोक सहरमा शक्तिसिंहराम तिमी रहेका छौ, तापनि आकाश समान हाम्रो विशाल दरबारको छत्रछायामा रहेको छु भनी ठान, तिमी हामीमा भक्ति राख्नेछौ, हाम्रै (बौद्ध) धर्म मान्दछौ, आफ्ना प्रजाको पालना गर्छौ भन्ने कुरा मैले सुनेको छु, वर्षैपिच्छे दूत पठाएर, सरसौगात पठाएर हाम्रो सम्मान गरेकोले तिम्रो मन मैले बुझें, तिम्रो र हाम्रो हितचित्त मिलेको छ, यसकारण तिमीलाई वाङ (राजा) को उपाधि प्रदान गरी पठाएको छु । सुवर्ण मुद्रा (असर्फी) सुवर्णपत्र (सुनमसीले लेखेको पर्वाना) साथ तिंतासी र रिजिन नामका दूतलाई तिमीकहाँ पठाएको छु, यो बुझ जस्तो हामी तस्तै तिमी भनी ठानेर हाम्रो आज्ञा पालन गर्ने गर ।’
पलाञ्चोकमा पछिल्लो समय पुरातत्वव विभागले उत्खननका क्रममा दरबारको भग्नावशेष पत्ता लगाएको छ । उत्खननमा संलग्न पुरातत्ववविद् उद्धव आचार्य उत्खननका क्रममा पत्ता लागेका तथ्य र प्राप्त इतिहासका आधारमा शक्तिसिंहरामको शासन रहेको देखिएको बताउँछन् । तर,इतिहासमै यति महत्त्वपूर्ण स्थानको संरक्षणमा पलाञ्चोकका जनप्रतिनिधिले कुनै चासो नदिएको स्थानीय बताँउछन ।

प्रतिक्रिया दिनुहोस्