टी-२० खेलका नेपालको दोस्रो जित



२० असोज, काठमाडौं- ओमनमा जारी टी-२० शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई चार विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालले एक बल बाँकी छँदै नेदरल्याण्ड्सले दिएको १३४ रनको लक्ष्य पुरा गरेको हो । नेपालको खेलमा करण केसी नायक बने । अन्तिम ओभरमा दुई छक्का र एक चौका हान्दै उनले नेपाललाई जिताए ।

यसअघि टस हारेपछि पहिले व्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १९।२ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।

अन्तिम ओभरमा १७ रन आवश्यक हुदाँ करण केसी र सोमपाल कामी क्रिजमा रहेका थिए । नेपालले गुमाउन लागेको खेलमा करणले नै फर्काएका हुन् । आजको खेलमा करणले चार विकेट पनि लिएका थिए ।

नेदरल्याण्डलाई सस्तैमा समेट्न करन केसी र सन्दीप लामिछानेको योगदान उत्कृष्ट रहेको थियो । करन केसी र लामिछानेले व्यक्तिगत ४र४ विकेट लिएपछि नेदरल्याण्ड्सको टोलीलाई १३३ रनमै सिमित भएको हो ।

ब्याटिङतर्फ नेदरल्याण्ड्सका लागि म्याक्स ओदाउदले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेरमनले २९, एन्टोनस स्टालले २१ र स्कट एडवार्डसले १६ रन बनाए ।

शृंखलाको पहिलो खेलमा हिजो हङकङमाथि चार विकेटको जित हात पारेको नेपालले २२ असोजमा आयरल्याण्ड र २३ असोजमा आयोजक ओमनसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्