प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई दशैँको टीका लगाईदिने




२० असोज, काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यश वर्षपनि सर्वसाधारणलाई टीका लगाईदिने भएका छन् । प्रधानमन्त्री ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा। कुन्दन अर्यालका अनुसार भोलि दिउँसो २ देखि ४ बजेसम्म मन्त्रीगण, सांसद्, विशिष्ट व्यक्ति र पार्टीका नेताहरूलाई प्रधानमन्त्री ओलीले टीका लगाइदिनेछन् ।

त्यस्तै, दिउँसो ४ देखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले अघिल्लो वर्ष पनि दशैँको टीक लगाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्