अमेरिकामा गाेली चल्दा चार जनाकाे मृत्यु



१९ असोज, काठमाडाैं- अमेरिकामा आइतबार अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।

घटनामा अन्य पाँच घाइते भएका छन् । सीएनएनका अनुसार कान्सस शहरको एक बारमा बिहानै घटना भएको हो ।

घटनामा गोली प्रहार गर्ने व्यक्ति फरार छन् । उनलाई पक्राउ गर्न प्रहरीले खोजी तीव्र पारेको छ ।

अमेरिकामा यस्ता गोली काण्ड पटक पटक हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्