नारायणीमा ४५ किलोमिटर लामो जलयात्रा



१८ असोज, नवलपुर- नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालन गरिएको छ । चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमानामा बग्ने यस नदीमा सञ्चालन गरिएको जलयात्राको लम्बाइ ४५।५ किलोमिटर रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा स्टेशन राखेर भरतपुर महानगरपालिका वडा नं १६ को काभ्रेघाटसम्म जल यातायाता शुरु गरिएको हो ।

आयुष्मा मोटरबोट कम्पनी प्रालीले सञ्चालन गरेको यस जलयात्रामा नियमित दुई वटा मोटरबोट सञ्चालन हुने कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीले बताए । शुरुआती अवस्थामा दुई वटा मोटरबोट सञ्चालन गरिएको उल्लेख गर्दै उनले दुई महिनाभित्र एउटा ‘स्मल क्रुज’ समेत थपिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्