दसैंमा घर फर्किनेको चाप बढेसँगै बिहानै देखि अरनिको र बीपी राजमार्गमा ट्राफिक जाम



१८ असोज, काभ्रे– दसैंमा घर फर्किने यात्रुको चाप बढेसँगै बिहानदै देखि अरनिको र बिपि राजमार्गमा चाप बढेको छ । फुलपातीका दिनदेखि सार्वजनिक भन्दा पनि बढि नीजि सवारी साधन चल्ने भएकाले यि दुई राजमार्गमा चाप बढेको हो ।

अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेको मण्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिका, भूम्लु गाउँपालिका, चौरी देउराली गाउँपालिका, तेमाल गाउँपालिका लगायतका स्थानमा जाने यात्रुहरू बढी हुने गरेका छन् । यसैयरी पूर्वी भेगका लागि छोडो दुरीको बाटो भएकाले दुई नं. प्रदेश र १ नं. प्रदेश र तीन नं. प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, लगायतका ठाउँमा जाने यात्रुहरूले बीपी राजमार्ग प्रयोग गर्ने गरेका छन् ।

अरनिको राजमार्गको केराघारी र पाँचखालमा बाटो एकतर्फि सञ्चालन भएको र मालबाहक टिपरहरू समेत बन्द नगरिएकाले धेरै जाम हुने गरेको छ । विगतका वर्षमा घटस्थापना पछि टिपर बन्द गरेर घर फर्किने यात्रुहरूलाई सहजिकरण गर्ने गरिएपनि यसवर्ष भने त्यसो हुन सकेको छैन । प्रशासन र प्रहरीले चासो नदिँदा यात्रु बोक्ने सवारी साधन भन्दा बढी टिपरहरू सडकमा गुडिरहेका छन् ।

उता बीपी राजमार्ग साँघुरो भएको र सवारी साधनको चाप बढी हुने भएकाले बिहानै देखि सवारी जाम भएको छ । राजधानीलाई पूर्वी नेपालसँग जोडने वैकल्पिक सडकको रुपमा रहेको बीपी राजमार्ग साँघुरो भएकै कारण ट्राफिक जाम बढेको हो । बीपी राजमार्गमा टाटासुमो, हायस, मिनी बस, साना निजी सवारी साधन सञ्चालन हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्