ब्लड क्यान्सर पिडितलाई गाउँपालिका अध्यक्षको सहयोग



१७ असोज, काभ्रे– काभ्रेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले आफ्नो एक महिनाको तलब ब्लडक्यान्सर पिडितलाई सहयोग स्वरुप दिएका छन् । जिम्बाले महाभारत गाँउपालिका–१ छोटेसानका १५ बर्षका नवाङ लामाको उपचारका लागि आफ्नो एक महिनाको तलब सहित संकलित रकम हस्तान्तरण गरेका हुन् ।

लामाको उपचारका लागि सञ्चालित अभियानमा हालसमम ५ लाख २६ हजार ३ सय ६७ रुपैया संकलन भएको छ । बिरामीको क्रमिक रुपमा सुधार भैरहेकाले आर्थिक सहयोग संकलन कार्यक्रमा सहयोगी र शुभचित्नकहरू लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्