बालुवाटारमा ओली, प्रचण्डबिच छलफल : महरालाई राजिनामा दिन सुझाव



१४ असोज, काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबिच सभामुख महरालाई लागेको आरोपबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली, दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो। त्यसअघि साभमुख महरा र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष दाहाल र महराबीच छुट्टा छुट्टै छलफल भएको थियो।

उनलाई नेकपाका शीर्ष नेताहरुले गम्भीर आरोप लागिसकेपछि सभामुख महराले नै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने संकेत गरेका छन् । यसबारे छलफल गर्न अहिले सचिवालय बैठक बोलाइएको नेकपाले जनाएको छ। सचिवालय बैठकमा यो विषयमा छलफल हुने बताइएको छ।

महरामाथि आफ्नै कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकाले यस्तो गम्भीर आरोप लागेपछि पदमा बसिरहन उपयुक्त नभएकाले राजीनामा गर्न सुझाव दिएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्