बनेपा महोत्सवको तेस्रो संस्करणको तयारी सुरु



२२ भदौ, काभ्रे– वितग तीन वर्षदेखि बनेपा महोत्सव गर्दै आएको बीबीसी क्लबले यसवर्षको बनेपा महोत्सवको तयारी सुरु गरेको छ । बनेपा महोत्सव २०७६ आगामी असोज ६ गते देखि १६ गतेसम्म सञ्चालन हुने भएको हो ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी बनेपा व्वाइज क्लबले महोत्सवको तेस्रो संस्करण आयोजना गर्ने बताएको हो । पत्रकार सम्मेलनमा विज्ञप्ती जारी गर्दै क्लबका अध्यक्ष महेशकुमार कर्माचार्यले फुटबल क्षेत्रमा केही योगदान गर्ने उद्देश्यकले २०६७ सालमा स्थापना भएर हाल सम्म ए डिभिजन र बी डिभिजन सम्म पुग्न सफल भएको र २०७७ सालमा सि डिभिजन क्वालिफाइड हुने उद्देश्यले क्लब सञ्चालनको आर्थिक पाटोमा सहयोग पुगोस् भनेर महोत्सव आयोजना गरेको बताएका छन् ।

क्लबले महोत्सवमा फुटबल खेलका अतिरिक्त कला, संस्कृति, घरेलु उद्योग, व्यापार, पर्यटन, आदिको प्रचार प्रसाल गर्ने उद्देयले आगामी असोज ६ गतेदेखि १६ गतेसम्म ११ दिन महोत्सव गर्ने जनाएको छ । बनेपाको उग्रेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन हुने महोत्सवमा १ सय भन्दा बढी स्टलहरू रहने र विभिन्न झाँकी, कला संस्कृति झल्काउने परम्परागत नाच प्रदर्शन गरिने जनाएको छ । सिजी ब्रुअरीको नेपाल आइस बियरले प्रायोजन गरेको महोत्सवको मुख्य संयोजक हरि कर्माचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्