तीन महिना भित्र प्रचण्डलाई ‘हेग’ पुर्याएरै छो्ड्ने लेनिन विष्टको चेतावनी (भिडियो अन्तरवार्ता)



काठमाडौं/ पूर्वबाल सैनिक तथा बर्हिगमित जनमुक्ति सेनाका इन्चार्ज लेनिन विष्टले तीन महिना भित्र प्रचण्ड–बाबुरामलाई हेग लगेरै छोड्ने दावी गरेका छन् । मंगलबार सुत्र टिभीसँग कुरा गर्दै विष्टले प्रचण्ड–बाबुरामले नेपाली जनतालाई अनेक सपना बाँडेर धोका दिएको र अन्तराष्ट्रिय कानून विपरित बाल सैनिक निर्माण गरेर बन्दुक बोकाएको अभियोगमा अन्तराष्ट्रिय अदालत हेगमा उपस्थित गराउन लागेको बताए ।

उनले प्रचण्डले जनयुद्धमा सपना बाँडेर देशमा युद्ध मच्चाएको तर, अहिले आएर आफ्ना परिवार र नजिकका मानिसलाई मात्रै अवसर दिएको भन्दै प्रचण्ड र बाबुरामले द्वन्द्व पीडितहरुलाई मलम लगाउनुको सट्टा आश्वासनका नाममा झन् दुःख दिईरहेको आरोप लगाए । उनले विगत १३ बर्षदेखि आजसम्म न्याय माग्दा पनि न्याय नपाएपछि अन्तराष्ट्रिय समुदायसँग न्याय माँग्न बाध्य भएको बताए ।

उनले हिँजो सम्पूर्ण नेपालीको जीवनस्तर परिवर्तनको खातिर जनयुद्ध गरिए पनि आज नेकपाका मुठ्ठीभर नेताको मात्रै जीवनस्तर परिवर्तन भएको भन्दै आक्रोश पोखे । इन्चार्ज विष्टले तत्कालिन माओवादीका नेताहरुले नेपाली जनताका छोराछोरीलाई हिँजो बुर्जुवा शिक्षा पढ्नु हुँदैन भनेर किताव कापी च्यातिदिएको स्मरण गर्दै आज तिनै नेताले आफ्ना छोरा छोरीलाई युरोप अमेरिका पढ्न पठाएको भन्दै आक्रोश समेत पोखे । उनले प्रचण्डले केही दिन अघि मात्रै हेग पुर्याए आफू हिरो बन्ने प्रतिक्रिया दिएकोमा आफूहरुले प्रचण्डको सपना चाँडै पूरा गरिदिने समेत बताए । उनले भने ‘प्रचण्डले जनतालाई देखाएको सपना त पूरा गरेनन् तर, उनले देखेको हेग जाने सपना हामी पूरा गरिदिन्छौ ।’
बाँकी भिडियो हेर्नुसः

प्रतिक्रिया दिनुहोस्