Latest

सरकारकै मन्त्रीद्वारा बालकृष्ण ढुंगेलको बचाउ

Public Date:-2017-04-15

 

काठमाडौँ— सरकारका गृहराज्यमन्त्रीले नै फरार अपराधी बालबकृष्ण ढुंगेलको बचाउ गरेका छन् । काठमाडौँ र ओखलढुंगामा खेलेआम कार्यक्रममा भाषण गर्दै हिँडेका ढुंगलेको बचाउ गर्दै गृहराज्यमन्त्री इन्द्र बानिँयाले हत्या अभियोगमा सर्वोच्च अदालतबाट सर्वास्वसहित आजीवन कारावासको सजाय पाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल सुरक्षा निकायसँग लुकेर भागेका कारण पक्राउ गर्न नसकिएको बताएका छन् ।


नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै गृह राज्यमन्त्री ईन्द्र बानियाँले बालकृष्ण ढुंगानाका विषयमा सुरक्षा निकायलाई केही थाहा नभएको दाबी गरे । ‘बालकृष्ण ढुंगेल कहाँ छन् हामीलाई थाहा छैन’, उनले भने, ‘थाहा पाएर सूचना उपलब्ध गराइदिनु भयो भने पक्राउ गर्ने छौँ ।’

गृहराज्यमन्त्री बानियाँले बालकृष्ण ढुंगले नेपालमै नरहेको दाबी गरे । उनले भने, ‘बालकृष्ण ढुंगेललाई पक्राउ गर्न त स्वदेश मै हुनु पर्‍यो नि ?’ राज्यमन्त्री बानियाँलाई के थाहा रहेन छ भने बालकृष्ण ढुंगेल कहिले राजधानी, कहिले ओखलढुंगामा खुलेआम हिँडिरहेका छन् भन्ने । कानून कार्यान्वयन गर्न नेपाल प्रहरी कटिवद्ध रहेको बताएका राज्यमन्त्री बानियाँले भने, ‘सर्वोच्च अदालतले हत्या अभियोगमा सजाय तोकेको व्यक्तिलाई भेटाएका छैनौँ । फरार छन् । प्रहरीले देख्नु पर्‍यो । देखेपछि समात्छौँ ।’

ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या अभियोगमा आजीवन काराबासको सजाय पाएका बालकृष्ण ढुंगेल प्रधानमन्त्री पुष्पकमल दाहालको राजनीतिक दबाबमा खुलेआम हिँड्दै आएका छन् । सर्वोच्च अदालतले एकसाताभित्र ढुंगेललाई पक्राउ गर्न सरकार र नेपाल प्रहरीलाई आदेश दिइसकेको छ । ढुंगेल भने सुरक्षा निकायका उच्च अधिकारीका साथै सांसदहरूसँग सार्वजनिक कार्यक्रममा भाग लिँदै आएका छन् । तर, राज्यलाई यसबारेमा कुनै जानकारी नै छैन ।

 

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200