Latest

अन्तत जेल जाने नै भए बालकृष्ण ढुंगेल : ७ दिन भित्र पक्राउ गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

Public Date:-2017-04-13

 

काठमाडौं— पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठनभएपछि आफुविरुद्ध मुद्दा हाल्नेलाई गाउँ बस्न नदिने धम्की दिँदै हिडेका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न प्रधानमन्त्री दाहाललाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई पक्राउ गरेर जन्मकैदको फैसला कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आदेश दिएको हो । साथै प्रहरी परिचालन गरी जहाँ भएपनि ७ दिनभित्र पक्राउ गर्न र अदालतमा प्रतिवेदन पेश गर्न प्रहरी महानिरीक्षकको नाममा आदेश जारी गरेको छ ।


सर्वोच्चले २०६६ पुस १९ गते द्वन्द्वकालीन मुद्दामा ढुंगेललाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । यद्यपि सरकारले उनलाई पक्राउ गर्न सकेको थिएन । माओवादी पूर्वसांसद समेत रहेका ढुंगेलले अदालतको फैसला खारेज गर्नेदेखि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठको नाममा वारेन्ट जारी गर्ने अभिव्यक्ति दिँदै आएका थिए । त्यसपछि पनि उनीविरुद्ध अवहेलना मुद्दा परेको थियो । बाबुराम भट्टराई नेतृत्वको सरकारले आममाफीका लागि सिफारिस गरेपनि सर्वोच्चले गत वर्ष फागुन २३ गते आममाफी सिफारिस कार्यान्वयन गर्न रोक लगाएको थियो ।

 

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200