Latest

कांग्रेस नेताद्वारा युवती बलात्कारको प्रयास

Public Date:-2017-04-12

 

काठमाडौं— नेपाली काँग्रेसका नेताले तनहुँमा युवतीमाथि बलात्कार गर्ने प्रयास गरेका छन् ।  तनहुँको भीमादमा रहेको नारायण मेडिकल हलका संचालक तथा कांग्रेसका भीमाद नगरपालिका–६ का वडा अध्यक्षका दाबेदार नारायण प्रसाद लम्सालले मेडिकलमा उपचार गर्न आएकी युवतीमाथि बलात्कार प्रयास गरेका थिए ।


यस अघिपनि पटक पटक उनीमाथि यस्ता आरोप लाग्ने गरेको भएता पनि स्थानीय कांग्रेसका नेताहरुले मिलाउने गरेको स्थानीयहरुले बताएका छन् । यो घटनापनि मिलाउन भन्दै स्थानीय कांग्रेस नेताहरुले दबाब दिइरहेको पीडित पक्षले बताएका छन् । भीमाद स्वास्थ्य चौकीका कर्मचारीसमेत रहेका उनले स्याङजा, चित्रेबाट उपाचार गराउन आएकी युवतीलाई मेडिकलमा उपचार सामाग्री नभएको भन्दै नजिकैको मुक्तिनाथ होटलमा लगेका थिए । होटलमा लगेर युवतीलाई जबरजस्ती गरेपछि युवती चिच्याएकी थिइन् ।

लम्साल विरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय तनहुँमा मुद्धा दायर गरेको छ भने उनलाई कारबाही गर्न माग गर्दै स्थानीयहरु नारायण मेडिकल हलमा धर्ना दिइरहेका छन् । आरोपी लम्सालको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

 

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200