Latest

उद्योग वाणिज्य महासंघमा काभ्रेबाट वैद्य र श्रेष्ठ

Public Date:-2017-04-10

काठमाडौं— आजबाट सुरु भएको नेपाल उद्योग बाणिज्य महासंघको ५१ औँ साधारण सभामा काभ्रेबाट दुई ब्यवसायीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष सुरकृष्ण बैद्य र केन्द्रिय सदस्य रहेका दिलसुन्दर श्रेष्ठले जिल्ला र नगरको तर्फबाट केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका हुन् । दुवै उम्मेदवारले नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको नीजि क्षेत्रको शशक्तिकरणका लागि संस्थागत विकासका लागि महत्वपू्र्ण भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष सुरकृष्ण बैद्यले उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लालाई औधोगिकरण तर्फ लैजान र पुर्व जोडिएको विपी लोकमार्ग र चीन जोडिएको अरनिको लोकमार्ग मार्फत हुने ब्यापार ब्यवसायको प्रर्वद्धन गर्न, उद्योगीहरुको ब्यवसायीक संरक्षण गर्न उम्मेदवारी घोषणा गरेको बताएका छन् । नेपालकै नमुना आईटी पार्क पूर्ण रुपमा संचालन गरी राष्ट्र निर्माणमा योगदान पुर्याउन, बन्द भएको तातोपानी नाकालाई पूर्ण रुपमा संचालनमा ल्याउन उम्मेदवारको घोषणा गरेको वैद्यले जानकारी गराए ।


ब्यवसायीहरुमा देखिएको अण्डर विलिङ्ग, मिसम्याच, अन्त शुल्क लगायतको समस्या समाधान गर्न, जिल्ला तथा नगरका उद्योगी ब्यवसायीहरुको हक हितका लागि जिल्लाको बस्तुगत समस्या बुझेर निर्णय गर्ने उदेश्यले जिल्ला/ नगर अन्र्तगत रहेका १०५ वटा संघ मध्ये ९२ वटा भन्दा धेरै संघहरुमा पुगेको बैद्यले जानकारी दिए । जिल्लाको पाँचखालमा निर्माण हुन लागेको सेजलाई तत्काल शुरु गर्न, उपत्यकासँग जोडिएको जिल्ला भएकाले राजधानीबाट विस्थापन हुन लागेका उद्योगहरुको स्थापनाका लागि पहल गर्ने प्रतिवद्धता समेत बैद्यले ब्यक्त गरे ।

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200