Latest

नेपाली काँग्रेसले ल्यायो नयाँ चुनावी गीत ‘भोट हालौं रुखमा’ (भिडियो सहित)

Public Date:-2017-04-10

 

काठमाडौं-  नेपाली काँग्रेसलाई स्थानीय निर्वाचनमा मत दिन आग्रह गर्दै नयाँ लोक दोहोरी गीत बजारमा ल्याईएको छ । ‘भोट हालौं रुखमा’ नामक लोक दोहोरी गीत पार्टीको कुनैपनि आधिकारिक मान्यता प्राप्त गीत भने होईन l

तर, ६ मिनेट २७ सेकेण्डको यस दोहोरी गीतमा पूर्णतय नेपाली काँग्रेसलाई स्थानीय निर्वाचनमा भोट हाल्न आग्रह गरिएको छ । सुनिल थापाको लय शब्दमा राधिका हमाल र सुनिल थापाको स्वरमा सो गीत गाईएको छ । उक्त म्युजिक भिडियोको निर्देशन भने उदिराम खड्काले गरेका छन् ।

नेपाली काँग्रेस यस पटकको स्थानीय निर्वाचनमा गत चुनाब हरुको  भन्दा बढीनै आक्रामक रुपमा प्रस्तुत भएको छ । यस अघिका निर्वाचनहरुमा शालीन र शान्त रुपमा प्रचार अभियानमा लागेको नेपाली काँग्रेस यस पटक भने प्रचारप्रसारमा बढी नै आक्रामक रुपमा लागेको हो ।

नेपाली काँग्रेसलाई स्थानीय निर्वाचनमा मत दिन आग्रह गर्दै ल्याईएको म्यूजिक भिडियो यस्तो छ ।

Dounload video:





Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200