Latest

विश्वलाईनै दियो उत्तर कोरियाले अर्को चुनौती

उत्तर कोरियाले गर्यो समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण

Public Date:-2017-04-05



उत्तर कोरिया
ले समुद्रबाट समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाको पूर्वीय तट सिन्पोबाट जापानको समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार यो परीक्षण ६० किलोमिटरको दूरीमा गरिएको हो ।


चिनियाँ राष्ट्रपति सी जिङपिङ अमेरिका भ्रमणका लागि गएकै बेला उत्तर कोरियाले विवादास्पद मिसाइल परीक्षण गरेको हो । दुवैबीच परमाणु परीक्षणबारे ठोस निष्कर्ष निस्कने अनुमान पनि गरिएको छ । ट्रम्पले यसअघि नै सीलाई चीनले समस्या समाधान गर्न नसके अमेरिका एक्लै उत्तरको समस्या समाधान गर्ने बताएका थिए ।
 
उत्तर कोरियामाथि राष्ट्रसंघले जुनसुकै किसिमका आणविक परिक्षणमा प्रतिवन्ध लगाए पनि उत्तर कोरियाले भने सुनेको नसुन्यै गरेको छ ।

 

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200