Latest

फेला पर्यो नयाँ तथ्य: माकुराले एक बर्षमा मानिसले भन्दा बडी मासु खाने गर्छ

Public Date:-2017-03-29

 

माकुराले एक वर्षमा ४० करोडदेखि ८० करोड टनसम्म किरा फट्याङ्गा खाने गरेको एक अध्ययनले देखाएको छ ।

साइन्स अफ नेचरमा प्रकाशित भएको अनुसन्धानका अनुसार माकुराले एक वर्षमा मानिसले उपभोग गर्ने माछा मासु जतिनै किरा फट्याङ्गा खाने गरेको पाइएको छ ।

मुख्य अनुसन्धानकर्ता डाक्टर मार्टि नेफरले गएको चार दशकमा संकलन गरेको तथ्यांकको आधारमा माकुराले खाने किरा फट्यांग्राको तौलका बारेमा प्रतिवेदन तयार पारेको बताउनुभयो ।

उहाँका अनुसार संसारभर रहेको माकुराको तौल २ करोड ५० लाख टन रहेको छ भने यसले वर्षमा ४० देखि ८० करोड टन किरा फट्याङ्ग्रा खान्छन् ।

यो अनुसन्धानले खाना चक्रमा माकुराको भूमिकाको महत्वबारे जनचेतना जगाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

माकुराले बोटबिरुवा खाने किरा फट्यांग्रालाई खाने हुँदा यसले वनस्पतिलाई जोगाउन पनि सहयोग पुग्ने पनि उहाँको भनाई छ ।

 

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200