Latest

संविधान संसोधन विधयेकले स्थानीय निर्वाचन विथोलि सक्ने

Public Date:-2017-03-20

 

काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सरकारका तर्फबाट दर्ता गरिएको संविधान संसोधन विधयेक थाती राखेर अघि बढ्न पहल गर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले बोलाएको प्रमुख दलको शीर्ष बैठकमा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन विधेयकका कारण स्थानीय निर्वाचन विथोलिन सक्ने चेतावनी दिएछि दाहालले राजनीतिक सहमतीका लागि आफुले पहल गरिरहेको बताएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको प्रमुख दलका नेताहरूको बैठकमा ओलीले मधेसी मोर्चाले निर्वाचन नचाहेकै कारण विभिन्न बखेडा झिकेको आरोप लगाए । स्रोतका अनुसार ओलीले संविधान संशोधन विधेयकलाई थाँती राखेर स्थानीय तहको निर्वाचन गर्नुका विकल्प नरहेको बताएका थिए ।

एमाले अध्यक्ष ओलीको कुरा सुनेपछि प्रधानमन्त्री दाहालले आफू राजनीतिक सहमति जुटाउन सक्रिय रहेको भन्दै सहयोगका लागि सबैलाई आग्रह गरेका थिए । दाहालले तोकिएको समयमा चुनाव आवश्यक रहेको उल्लेख गरे । जवाफमा ओलीले स्थानीय चुनावका लागि सहयोग गर्न एमाले तयार रहेको उल्लेख गरेका थिए ।

बैठकमा ओलीका कुरा सुनेपछि प्रधानमन्त्री दाहाल गम्भीर बनेको सहभागी एक नेताले बताए । बैठकमा अन्य नेताहरूले संशोधन विधेयकका विषयमा छिटोभन्दा छिटो राजनीतिक सहमति जुटाउन पहल गर्नुपर्ने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री दाहालका साथै एमाले, माओवादी केन्द्र, राप्रपासहितका दलहरूको उपस्थिति रहेको नेताहरूले बताएका छन् ।

 

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200