Latest

राप्रपाको धर्नामा झडप पूर्व अध्यक्ष राणा सहित नेता कार्यकर्ता घाइते

हिन्दू राष्ट्र र राजसंस्थाको माग गर्दै उपप्रधानमन्त्री नै धर्नामा

Public Date:-2017-03-20

 

काठमाडौँ— नयाँ संविधान जारी भएपछि दोस्रो पटक उपप्रधानमन्त्री बनेका राप्रपाका अध्यक्ष कमल थापा धर्ना र जुलुसमा उत्रिएका छन् ।


थापा पार्टीको दलबल सहित निर्वाचन आयोगविरुद्ध हिन्दू राष्ट्र र राजसंस्थाको माग गर्दै धर्नामा बसेका हुन् । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्णय गरेपछि सो पार्टीका अध्यक्ष समेत रहेका मन्त्री थापा आफैँ धर्नामा बसेका हुन् ।

सोमबार राप्रपाले आयोगको केन्द्रीय र जिल्ला निर्वाचन कार्यालयहरु घेराउ गर्दै धर्ना दिएको छ । केन्द्रीय कार्यालय कान्तिपथमा धर्ना दिन गएका राप्रपाका नेता कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।
शान्ति बाटिकामा जम्मा भएका राप्रपाका नेता कार्यकर्ता कान्तिपथतर्फ अघि बढेपछि आयोगको मुल गेटबाट करिव ५० मिटर अगाडि नै प्रहरीले रोकेको थियो । त्यहाँ राप्रपाका नेताहरुले सम्बोधन गर्ने र आयोगमा ज्ञापनपत्र बुझाउने योजना थियो ।

तर, भिड प्रहरीलाई धकेन्दै अघि बढेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको छ भने प्रदर्शनकारीले सुरक्षाकर्मीतर्फ ढुंगा हानेका थिए । त्यसक्रममा प्रहरीको लाठीबाट राप्रपाका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री पशुपति शम्शेर राणासहितका थुप्रै नेता कार्यकर्ता घाइते भएका छन् ।
झडपका कारण कान्तिपथ क्षेत्र केहीबेर तनावग्रस्त बन्यो । राप्रपाका नेता कार्यकर्ताले टायर बाल्दै सडकमै बसेर नाराबाजी समेत गरेका थिए । धर्नामा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा स्वयंम सहभागी भएका थिए । धर्नापछि राप्रपा नेताहरुले आयोगमा ज्ञापन पत्र बुझाएका छन्, जसमा आयोगको निर्णय संविधान विपरित भएको भन्दै सच्याउन माग गरिएको छ ।

 

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200