Latest

सालोम एकेडेमीको पहिलो वार्षिकोत्सव सम्पन्न

Public Date:-2017-03-19

 

काभ्रे— बनेपामा रहेको सालोम एकेडेमी मण्टेश्वरीले एक कार्यक्रम आयोजना गरी आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ ।



चैत्र ४ गते विद्यालयको हातामा आयोजना गरिएको कार्यक्रममा विद्यालयका बालबालिकाले विभिन्न विधामा आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयका सल्लाहकार सम्पूर्ण देवापते सभापति रहेका कार्यक्रममा बनेपा नगरपालिकाका सामाजिक विकास अधिकृत चिरञ्जिवी अर्याल प्रमुख अतिथि र अतिथिहरुमा सामुदायिक उत्थान मञ्चका अध्यक्ष समुन्द्रलाल श्रेष्ठ, ग्रेस एफ एमका कार्यक्रम निर्देशक शुभराज अधिकारी, गायक प्रताप दाश, गायिका अनुमा राई लगायत रहेका थिए ।

 

कार्यक्रममा आन्तरिक मुल्याङ्कनका आधारमा विभिन्न विधामा पुरस्कार वितरण गरिएको विद्यालयका प्राचार्य सिमोन देवापतेले जानकारी दिए । कार्यक्रम सञ्चारकर्मी विजय श्रेष्ठले सञ्चालन गरेका थिए ।

 

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200