Latest

नेपालमा बर्ड फ्लुको नयाँ भाइरस फेला पर्यो ।

Public Date:-2017-03-16

काठमाडौं –  नेपालका पक्षीमा बर्ड फ्लुको नयाँ भाइरस फेला परेको छ ।
पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार गत फागुन १८ मा इटहरीको शान्ति टोलका पक्षीमा बर्ड फ्लुको नयाँ भाइरस ‘एच५ एन८’ भेटिएको हो ।
 
इटहरीको तालतलैयाका पक्ष र खनार क्षेत्रका कुखुरामा त्यस्तो भाइरस फेला परेको तथ्य नेपालले लुकाए पनि विश्व स्वास्थ्य संगठनले यसको पुष्टि गरेको छ ।
यसअघि नेपालमा बर्ड फ्लु ‘एच५ एन१’ भाइरस देखिदैं आएको थियो ।
नेपालमा नयाँ प्रजातिको भाइरस देखिएपछि विश्व पशु स्वास्थ्य संगठन र विश्व स्वास्थ्य संगठन सतर्क रहन नेपालीलाई आग्रह गरेका छन् ।
– नयाँ पत्रिका दैनिक बाट

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200