Latest

पाँच पटक विश्वकप खेलिसकेको केन्यामाथी एकदिवसीयमा नेपालको पहिलो विजय

Public Date:-2017-03-13

काठमाडौं- आइसीसी वल्ड क्रिकेट लिग च्याम्पिनयसिपमा नेपालले शानदार जित हासिल गरेको छ । नेपालले केन्यामाथि ७ विकेटको जित हासिल गरेको हो।

कीर्तिपुरस्थित त्रिविविको मैदानमा भएको खेलमा नेपालले १५६ रनको चुनौती नेपालले ३०।२ ओभरमै ३ विकेटको क्षतिमा विजय हासिल गरेको हो । ज्ञानेन्द्र मल्लले ६४ तथा दीपेन्द्र सिंह ऐरीले ६२ रन जोडे। यसअघि केन्याले ४६।१ ओभरमा अलआउट हुँदै १५५ रन बनाएको थियो । एक दिवसीयमा नेपालले पहिलो पटक केन्यालाई हराएको हो। यो जितसंगै ८ टिम सहभागी च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । पाँचौं स्थानको केन्या १० अंकमा छ।

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200