Latest

एमाले र काङ्ग्रेस संगको साझेदारी सत्ता नै माओबादिको घातक बीष भयो:दिप लिम्वु

Public Date:-2017-03-11

(दिप लिम्वु)

 राजनीति समाजसेवा र समाज परिवर्तनका सम्बाहक औजार मानिन्छ।राजनीति बौद्धिक बिकासक्रम संगै मध्ययुगीन सामाजिक र नैतिक चेतनाका परिपुरक पनि मान्न सकिन्छ।बिस्वका धेरै देशहरुहरुमा हामी देख्न सक्छौ कि अपरिपक्व राजनीति र अस्थिर राजनीति लाई सहमतिय प्रणालीमा आधारित समाज रूपान्तरण गर्दै साम्यबाद तर्फ उन्मुख हुँदै छ।राजनीतिमा जब ब्यक्ती हाबी हुन्छ र दलिय स्वार्थ प्रती लिफ्त हुन्छ तब जनता र देशले काचुली फेर्ने सपना नुन बिनाको खोले खाए जस्तै हुन्छ।

जाती,भाषा,धर्म लाई मुख्य रुपमा हतियारको रुपमा जसरी प्रयोग गरिन्छ तब अस्थिरता र द्वन्द्वात्मक हिङ्सा भट्किन्छ।त्यति मात्र होइन बर्गिय र लिङ्गीय बिभेदले जब सिमा नाग्छ त्यहा महत्वाकांक्षाले पनि उतिकै बिजारोपण गरिरहेको हुन्छ।हिङ्सात्मक द्वन्द्व बाट ग्रसित बिस्वका मुलुकहरु मध्य एक नमुना नेपाल पनि हो जहाँ बर्गिय मुक्तिका खातिर थालिएको क्रान्तिले उग्र रुप लिदै जातिय,क्षेत्रीय,र धार्मिक मुद्दामा रुपान्तरित भयो त्यसै घट्नाक्रम मध्य छोटो चर्चा गरौ।
तत्कालीन सेर बहादुर देउबा नेतृत्वको सरकार हुदा माओबादिले ४१ सुत्रीय माग तेर्साउदा बेवास्ता गर्दै माओबादी लाई जनयुद्धमा होमिन बाध्य बनाएर सङकटकाल घोषणा गरि सैनिक शासन लागू गरेर टाउको मोल तोक्न सम्म भ्याएका थिए।

हजारौं निर्दोश नेपाली जनताहरु मारिन माओबादिको मात्र हात छ भन्ने जो कोहिले यो ऐतिहासिक दस्ताबेज लाई कसरी भुल्न सकेका होलान?ईतिहासको काल खण्डमा माओबादिहरु बिस्तृत सान्ती सम्झौता पस्चात १२ बुदे सहमती पछि युद्ध बिराम गरेको घोषणा गरे।यद्यपि माओबादी लाई कम्जोर तुल्याउन अनेकौ बाहानाबाजिको बाबजुत पनी आफ्नो लक्ष्य अडिग रहेर निर्बाचनमा जाने पक्का भयो।
तथापि एमाले र मधेस मोर्चाको सम्लग्नतामा चुनाबमा पराजित गर्न ठुलै सडयन्त्र पनि नरचिएका होइन।यो सारा समस्या र चौतर्फी हमलाको समना गर्दै माओबादिले अगाडि बढ्ने क्रम जारी राखेकै हो।किनभने जसरी पनि सोझासाझा र निमुखा जनता लाई दिएको बाचा पूरा गर्नु पर्ने जिम्मेवारी थियो।हदै सम्मको सङ्यम्ता अपनाउदै पनि अर्को नरसङ्हार भोग्नु पर्ने बाधयता जो थियो गौरमा रातारात हाम्रा २७ जना सहयोद्धा ycl कार्यकर्ताहरुको बीभत्स हत्या योजनाबद्ध भयो।त्यो कालो दिन हाम्रो मन मस्तिष्कमा अझै ताजै छ।

तत्पश्चात माओबादीले चुनाबमा फेस गरेर भए पनि बिपक्षीहरु लाई पाखा लगाए र मिलिजुली सरकारमा नेतृत्वको पहिलो खुड्किलोको सुरुवात गरे।
उता एमालेले मख्ख पारेर सत्ता साजेदारीको सर्त राख्दै सामसदमा बार्गेनिङ गर्न सुरु गर्यो किनकी उसलाइ चुनाबमा पराजित भएको बियोग मेट्नु थियो।निर्बाचन बाट रुष्ट बनेको एमालेले आफ्नो लक्ष्य पूरा गर्न अनेकन गोटिहरु नेपाल देखि भारत सम्म चाल्यो जहाँ रुकमान्द कटुवालको राजनीतिक मुद्दा मामिला लाई लिएर सरकार लाई दिएको समर्थन फिर्ता लिने निर्णय सङै सरकार लाई दिएको समर्थन फिर्ता लिएर अल्पमतमा पारी सरकार ढालेरै छोड्यो अन्तत उसले दुस्मनी साध्ने राम्रो अवसर पाएकै हो नपावोस पनि कसरी? उदेस्य जो थियो माओबादी लाई बदनाम गराएर आफू रास्ट्रबादी बन्नु छ।

  • २०६३ यता सरकार नेतृत्वको तथ्यांक हेर्ने हो भने सबै भन्दा बढी सरकारमा बस्ने एमालेनै देखिन्छ तर काम भने माखो मारेन यो धुर्ब सत्य हो।त्यसै गरि हाल माओबादी पार्टीले पुन काङ्ग्रेस सङ सत्ता साजेदारी समीकरण बनायो र आफू सरकारको नेतृत्वमा बसेर गृहमन्त्रालय काङ्ग्रेस लाई नै सुम्पेको छ।जसरी गुन लगायो त्यसै गरि सप्तरी कान्डमा प्रधानमन्त्रीले गोलि नहान्न भनेर दिएको आदेशको अवज्ञा गर्दै बिमलेन्द्र निधिले गोलि चलाउन आदेस दिए पछि सत्ता समीकरणमा थप सङ्का बढ्दै छ।

 माओबादीले नेतृत्वदायी भुमिका खेल्दै जनपक्षीय कार्यहरु धमाधम गरीरहेका बेला त्यस लाइ निस्तेज पार्न र सरकार लाई बाधा पुर्याइ सम्बिधान सम्सोधन तथा स्थानिय चुनाब बिथोल्न गोप्य रुपमा सकृय रही चौतर्फी हमला गरीरहेको हामीले प्रस्टै बुझ्न सकिन्छ।

तसर्थ:जसरी माओबादि पार्टीले एमाले र काङ्ग्रेस सङ सत्ता साजेदारी गर्दै आफ्नो राजनीतिक यात्रा अगाडि बढायो त्यो नै घातक भएको देखिन्छ किनभने गुणले बैगुन पाकेन।
आगामी दिनहरुमा पनि जिम्मेवार दलहरुले जनतामा भ्रम छरेर रास्ट्रबादी नेता र दल लाई।ओझेलमा पारी राजनीति यात्रा लाई बचाइ राख्ने खेलको बिकास मात्र गरीहरे र यस्तै हर्कत देखाइ रहे भने पुन राज्य भित्र अर्को जनयुद्धको सुरु हुनेमा दुइमत छैन।त्यसै कारण अब उप्रान्त यो विभिन्न समयहरुमा भएका राजनीतिक घट्नाक्रमहरु बाट माओबादीले पाठ सिक्नु पर्छ।

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200