Latest

पराजुलीको अध्यक्षतामा एनप्यावसन काठमाडौंमा बन्यो नयाँ कार्यसमिति (नामावली सहित)

Public Date:-2017-03-09

 

काठमाडौं – राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (एनप्यावसन) काठमाडौँको छैठौं जिल्ला अधिवेशन विष्णु पराजुलिको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ ।

 मित्रपार्क स्थित गोल्डेन लाइट पार्टी प्यालेसमा बुधबार सम्पन्न अधिवेशनले मध्यरात पराजुलिको अध्यक्षतामा आगामी तीन बर्षका लागि सर्वसहमत नयाँ कार्यसमिती चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष पराजुलिले शैक्षिक सुधार र निजी तथा आवासिय विद्यालयहरुको हकहित संरक्षणमा आफू केन्दीत हुने बताए ।

प्रमुख निर्वाचन अधिकृत प्रकाश पाण्डेको रोहबरमामा नव-निर्वाचित समितिलाई नेशनल प्याब्सनका अध्यक्ष कर्ण बहादुर साहीले पद तथा गोपनियताको सपथ गराएका थिए ।

 नवनिर्वाचित नयाँ कार्यसमितीको नामावलि यसप्रकार छ ।

 

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200