Latest

तपाई के सोच्दै हुनुहुन्छ ? यस्ता छन् सफल करिअर बनाउने १० सूत्र

Public Date:-2017-03-03

-एजेन्सीको सहयोगमा

सधैं आफूलाई परिष्कृत गर्नुस् 
जहाँ जस्तोसुकै पद वा तहमा भए पनि आफूलाई अझ परिष्कृत गरिरहनुस् । सफलता प्रशस्त सिकाइ र परिश्रमको परिणाम हो ।
समस्यालाई होइन समाधानलाई ध्यान दिनुस्
हामीले नदेख्दैमा समाधान हुँदैन भन्ने होइन । हरेक समस्यासँगै समाधान पनि हुन्छ । समस्यामा समाधान खोज्नेहरू नै सफल हुन्छन् ।
त्याग गर्न तयार हुनुस्
सफलता पाउन केही न केही त्याग गर्नैपर्छ । ससाना उपलब्धि त्याग्न तयार हुनुस् ।
अलमल हटाउनुस्
अनुशासित जीवन बिताउनुस् । प्राथमिकता छुट्ट्याउनुस् । सजिलो लाग्ने काम पहिले नगर्नुस् । महत्त्वपूर्ण कामलाई प्राथमिकता दिनुस् ।
तपाईंका लागि योग्य छुट्ट्याउनुस्
तपाईंलाई कस्तो जागिर मन पर्छ । कस्ता मानिससँग काम गर्न मन लाग्छ । कति पैसा कमाउन चाहनुहुन्छ । कस्तो ज्ञान हासिल गर्न चाहनुहुन्छ । सबै छुट्ट्याएर मात्र अघि बढ्नुस् ।
मित्रता बढाउनुस्
मित्रहरू दुःखमा काम लाग्छन् र साथ दिन्छन् सधैंभरि । त्यसैले मित्रता बढाउनुस् । सहकार्य, हेरचाह आदिले मित्रता बलियो बनाउँछ । हरेकको सकारात्मक पक्षलाई जोड दिनुस् ।
आशावादी मानिस जुटाउनुस्
वरिपरि गर्न सकिन्छ भन्ने भावना भएका मानिस जुटाउनुस् । वरिपरि जस्तो वातावरण हुन्छ परिणाम पनि त्यस्तै हुन्छ ।
लडाकु बन्नुस्
जीवन संघर्ष हो । बिनासंघर्ष सफलता प्राप्त हुँदैन । त्यसैले लडाकु बन्नुस् । हरेक चुनौतीसँग जुध्नुस् ।
आनन्दायी काम रोज्नुस्
आफूलाई आनन्द लाग्ने काम रोज्नुस् । आमविश्वास र खुसी सफलताका सूचक होइनन् । आनन्द नै सफलताको सूचक हो ।
अरूबाट सिक्नुस्
सफलता एक्लै हात पर्दैन । अरूको ज्ञानबाट सिक्न सकिन्छ, सिक्नुपर्छ । अरूबाट पनि सिक्नुस् ।

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200