Latest

नामको शव फिर्ता लिन उत्तर कोरियाले उच्चस्तरीय टोली मलेसिया पठायो

Public Date:-2017-02-28

 

मलेसियामा हत्या गरिएका उत्तर कोरियाली शासक किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको शव स्वदेश लाउन उत्तर कोरियाले उच्च स्तरीय टोली मलेसिया पठाएको छ। समाचार संस्था एसोसिएट प्रेसले उत्तर कोरियाले टोली पठाएको पुष्टि गरेको छ।

नौ सदस्यीय टोलीले मलेसियामा हत्या गरिएका नामको शव स्वदेश लिन र हत्या अभियोगमा पक्राउ परेकालाई रिहा गर्न काम गरिरहेको टोलीका सदस्य री तोङ इलले जानकारी दिए।

मलेसियाबाट मकाउ जान लाग्दा दुई हप्ताअघि नामको विमानस्थलमा हत्या गरिएको थियो। हत्यामा संलग्न भएको भन्दै मलेसियाली प्रहरीले उत्तर कोरियनसहित केहीलाई पक्राउ गरेको छ। नामको शव फिर्ता गर्ने बारेमा पनि दुई देशबीच मतभेद छ।

 

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200