Latest

अष्ट्रेलियामा जहाज दुर्घटना, पाँच जनाको मृत्यु

Public Date:-2017-02-21

मेलबर्न –  अष्ट्रेलियाको मेलबर्नमा भएको हलुका जहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेलबर्नको सपिङ सेन्टरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको अष्ट्रेलियाली अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
दुर्घटनाको समयमा सपिङ सेन्टर बन्द रहेकाले थप कुनै मानवीय क्षति नभएको जनाइएको छ ।
भिक्टोरिया प्रहरीले पाँच जना तस्मानियाको किंग आइल्याण्ड जाँदै गर्दा दुर्घटनामा परेको जनाएको छ ।
विमान दुर्घटना हुँदा सपिङ सेन्टरमा पनि क्षति पुगेको छ ।
दुर्घटना स्थानीय समयअनुसार मंगलबार बिहान ९ बजे भएको हो ।

 

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200