Latest

देवचुली महोत्सव फाल्गुन ६ गतेदेखि सुरु

Public Date:-2017-02-16

रामजी रानाभाट

नवलपरासी – नवलपरासीको देवचुली नगरपालिकामा यहि फागुन ६ गतेबाट शुरु हुने ऐतिहासिक प्रथम देवचुली महोत्सवको तयारी पुरा भएको छ ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका महोत्सव मुल आयोजक समितिका संयोजक धर्म बस्यालले बताए ।

उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय, समृद्धि, समुन्नत नगरको उदय भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव उद्योग, व्यापार, कृषि प्रदर्शनी, पर्यटन लगायतका स्टलहरु रहने प्रचारप्रसार समितिका संयोजक सूर्यप्रसाद दवाडीले बताए ।

महोत्सवबाट संकलित रकमबाट उद्योग वाणिज्य संघको भवन बनाउने लक्ष्य राखिएको आर्थिक समितिका संयोजक गीता न्यौपानेले बताइन् ।

महोत्सवको प्रमुख आकर्षकको रुपमा देवचुली डांडाको हेलिकप्टरद्वारा अवलोकन गर्न पाइने, नारायणी नदीमा डुंगा सयर गर्न पाउने लगायत रहेका छन् । त्यस्तै यहां देवचुलीको पर्यटकीय क्षेत्रहरु झल्काउने स्टलहरु समेत रहने छन् ।

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200