Latest

तरकारीबाट बिदेशको भन्दा राम्रो कमाई

उदाहरणीय बन्दै अछाम पायलका गगन सिंह कुवँर

Public Date:-2017-02-08

एकेन्द्र — महता अछाम

अछाम जिल्लाको पायल गाविसका कृषक गगन सिंह कु्ँवरलाई अहिले तरकारी बेच्न भ्याई नभ्याई छ । गाविसको थराना लगाएको तरकारी सिउडी गाविसको चौरपाटीबजार, पायलको झाड बजार पोखराबजारमा लगाएका स्थिानिय बजारमा पुग्ने गरेको छ ।

कृषक कुवँर मौसमी तरकारी भन्दा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी पाएको बताउनु हुनछ । यो मौसममा सागपात र मूला प्रसस्त मात्रामा जताततै पाईने भए पनि कृषक कुवँरको बारीमा जेष्ठ असारमा र बर्षायाममा झैँ बेमौसमी तरकारी पाईने गरेको स्थानीय ब्यापारी समेत बताउँछन् ।

कृषक कुवँर भन्नुहुन्छ ‘तरकारी खेतीले म आत्मनिर्भर बनेको छु,’ महिनाको ५ देखी ८ हजारसम्म सजिलै आम्दानी हुने गरेका छ, तरकारी बचेर २ छोरालाई पढाई राख्नु भएको छ । कुँवर तरकारी खेतीमा मात्र मेहिनती होइन कुँवरले डकर्र्मी काम पनि गर्नु हुन्छ । उहाँले हरेक बर्षमा २ घर निमार्ण गर्ने गरेको बताउँछन् । कृषक कुँवर तरकारी खेतीबाट मात्र बार्षिक २ लाख सम्म आम्दानी गर्नुहुन्छ । यस्तै मेहनत गरेर तरकारी खेती गरे कसैसँग ऋण सापट गर्न जानु पर्दैन र रोजगारका लागि खाडी मुलुकमा पसिना बेच्नु पर्दैन । मेहनत गरे घरका खेतबारीमै सुन फलाउन सकिने उनको विश्वास छ । अहिले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनु भएको छ । कृषक कुँवरको २ रोपनी जग्गामा लगाएका मौसमी तथा बेमौसमी तरकारी अहिले पनि त्यस स्थानमा जाने जो कोहीले देख्न सक्छन् ।

उसो त जिल्लामा आधा दर्जन भन्दा बढी सरकारी तथा गैर सरकारी संघ संस्थाले यस क्षेत्रमा काम गरेता पनि कुँवरले कतैबाट तालिम, सहयोग तथा सुझाव सल्लाह लिन पाएका छैनन् । तरकारीको ज्ञान पूर्खाबाट सिकाई भएको र पूर्खाकै क्षेत्रलाई आफुले सम्हालेको कृषक कुवँर बताउछन् । बुवाले तरकारी खेती गर्दै आए पनि गुजारा बाहेक अरु केहि प्रगती गर्न सक्नु भएको थिएन । अहिले पनि आफु २ छोराको पढाई र घर परिवारको औषधी उपचार मात्र गुजारा चलेको बताउनुहुन्छ ।

विभिन्न चाँडपर्वमा समाजमा तडक भडकका साथ बजारीकरण सामाग्रीमा प्रयोग गर्दै माछा मासु खाने गरे पनि आफु भने हरियो र पहेला तरकारीमा बढी रुची राख्ने र तिनकै विभिन्न परिकार बनाएर खाने गरेको बताउछन् । आफु मांशाहारी मानिसलाई हरियो सागपात, तरकारीबाट हुने फाईदाबारे उनीहरुलाई बुझाउने गरेको बताउछन् । वहाँ दावाका साथ भन्नुहुन्छ माछा मासु भन्दा तरकारीबाट नै शारिरलाई आवश्यक भिटामिन पाईन्छ ।

देश छोडेर खाडि मुलुकमा ४५÷५० डिग्रीको तापक्रममा काम गर्नु भन्दा मेहनत गरे स्वदेशमै सुन फलाउन सकिने कृषक कुवँर उदाहरण बनेका छन् । लाखांै रकम खर्च गरेर विदेशियका कैयांै यूवा विदेशको कैद भोगिरहेका छन् भने कैयौ यूवा बाकसमा फिर्ता आउने गरेको तितो सत्य यथार्थ रहेको छ । बेरोजार यूवाका लागि सरकारले पटक पटक विभिन्न चिल्ला भाषण गरेर यूवाहरुलाई आस्वशन दिए पनि नेताका चिल्ला भाषण भाषणमै सिमित भएको देखिन्छ ।

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200